कोरोना विश्व अपडेट: मृतकको संख्या ८ लाख ५७ हजार

कोरोना विश्व अपडेट: मृतकको संख्या ८ लाख ५७ हजार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण  ८ लाख ५७ हजार ५ सय ९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५७ लाख ७७ हजार ६ सय ७५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८० लाख ४७ हजार ६ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८८ हजार २७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २४ हजार ४ सय ३५ पुगेको छ । हालसम्म ३४ लाख ६१ हजार ४ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ९१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३९ लाख १९ हजार ४ सय ५२ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २१ हजार ४ सय ५२ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३० लाख ९७ हजार ७ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय १२ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६६ हजार ४ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ७१ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३७ लाख ५९ हजार ५ सय १५ पुगेको छ । हालसम्म २८ लाख ९५ हजार ८ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार २५ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको र १ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख १५ हजार ७ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २८ हजार ९ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ५२ हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ६२ हजार ३ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार १ सय ४९ पुगेको छ । हालसम्म ६ लाख २७ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ४० हजार ९ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९९ हजार ५ सय ६० पुगेको छ । हालसम्म कोरोनाको कारण ६४ हजार ४ सय १४ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय ५६ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख १६ हजार ७ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय २१ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ४५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८५ हजार ७ सय ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ६२ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र चिलिमा १ हजार ४ सय १९ जनामा कोरोना पुष्टि भएको र ३२ जनाको ज्यान गएको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार १ सय ५२ पुगेको छ । हालसम्म ४ लाख ६२ हजार ८ सय ५८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ८ सय ४६ जनाको अवस्था गम्भीर रहेको छ ।