सुदूपश्चिममा झण्डै ५ हजार जना कोरोना संक्रमणमुक्त

सुदूपश्चिममा झण्डै ५ हजार जना कोरोना संक्रमणमुक्त

धनगढी : सुदूपश्चिममा कोरोना सक्रमण पुष्टि भएका झण्डै ५ हजारले कोरोना जितेका छन । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाबाट ४ हजार ९ सय ८५ जनाले कोरोना जितेका छन ।

मंगलबार मात्रै बैतडीबाट ३, डोटीबाट २, टिकापुरबाट २ जना डिस्चार्ज भएका छन । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३९ जना निको भएर घर फर्किएका छन ।

यस्तै डोटीका आँठ सय १८, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ८ सय ८४  रहेको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा तीन सय ८१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन ।

डोटीमा एक सय २९, बझाङमा एक सय २६, अछाममा १ सय दुई र कञ्चनपुरमा ५७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

बैतडीमा ५५, डडेल्धुरामा १९, बाजुरामा ८ र दार्चुलामा ७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । संक्रिय संक्रमित मध्ये ९४ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।

कैलालीका १ सय चार, अछामका १५, डडेल्धुराका ११ र कञ्चनपुरका चार गरी एक सय ३८ जना संक्रमित भने आफ्नै घरमा रहेका छन । अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ ।