सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताललको प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप १० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण भएका २९० नमुनाहरुमध्ये १० जनामा कोरोना पोरजेटिभ देखिउको अस्पतालले जनाएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका एक जना र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले डडेल्धुराको अमरगढी नगरपालिकाका एकजना, बझाङको दुर्गाथली गाउँपालिकाका तीनजना, मष्ठा गाउँपालिकाका तीनजना, जयपृथ्वी नगरपालिकाका दुईजना र तल्कोट गाउँपालिकाका एक जनामा संक्रमण देखिएको बताए ।