विकासे योजना भत्काएको भन्दै अछाममा वडाध्यक्षसहित ७ जना पक्राउ

विकासे योजना भत्काएको भन्दै अछाममा वडाध्यक्षसहित ७ जना पक्राउ

अछाम : अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको भन्दै वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नम्बर ६ का वडा अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधीनन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले उजुरी दर्ता गरेका थिए ।