गड्डाचौकी र गौरीफन्टा नाकाबाट आज ९१ जना नेपाल भित्रिए, २१० जना फर्किए

गड्डाचौकी र गौरीफन्टा नाकाबाट आज ९१  जना नेपाल भित्रिए, २१० जना फर्किए

धनगढी : कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधवार ९१  जना नेपाल भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट ३७ जना र गौरीफन्टाबाट ५४ जना गरी ९१ जना स्वदेश फर्किएको जनाएको छ ।

उनीहरु सबैलाई स्थानीय तहको जिम्मा लगाईएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।  यस्तै बुधवार नै दुवै नाकाबाट दुई सय १०  जना भारतीय फर्किएका छन्।

गड्चौकीबाट ३० र गौरीफन्टाबाट १८० जना भारतीय फर्किएको  जनाएको छ । यसरी हेर्दा सुदूरपश्चिमका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ। पछिल्लो केही दिनयता गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिने भन्दा भारत जानेको संख्या बढ्न थालेको हो।