अछाममा घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या

अछाममा घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या

अछाम : अछाममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको बुधबार दिउँसो १२ बजे तिर हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । 

घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।