धनगढीमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि

धनगढी : धनगढीमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप २५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण भएका ४९० नमुनाहरुमध्य २५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले १२ महिला र १३ पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

उनले बझाङको दुर्गाथली गाउँपालिकाका ९ जना, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का एकजना र कैलालीको घोडाघोडी नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिको वडा नम्बर ४ का एकजना, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एकजना र वडा नम्बर ५ का ८ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।