सुदूरपश्चिममा बुधबार थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ६६ पुग्यो

सुदूरपश्चिममा बुधबार थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ६६ पुग्यो

धनगढी : सुदूरपश्चिममा आज थप ३६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप ३६ जनामा संक्रमण देखिएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जना, डोटी अस्पतालको प्रयोगशालामा एकजना र डडेल्धुरा अस्पताललको प्रयोगशालामा १० जना गरी थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४९० नमुनाहरुमध्य २५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले १२ महिला र १३ पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

उनले बझाङको दुर्गाथली गाउँपालिकाका ९ जना, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का एकजना र कैलालीको घोडाघोडी नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै कैलालीको लम्कीचुहा नगरपालिको वडा नम्बर ४ का एकजना, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एकजना र वडा नम्बर ५ का ८ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २९० नमुनाहरुमध्ये १० जनामा कोरोना पोरजेटिभ देखिउको अस्पतालले जनाएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका एक जना र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले डडेल्धुराको अमरगढी नगरपालिकाका एकजना, बझाङको दुर्गाथली गाउँपालिकाका तीनजना, मष्ठा गाउँपालिकाका तीनजना, जयपृथ्वी नगरपालिकाका दुईजना र तल्कोट गाउँपालिकाका एक जनामा संक्रमण देखिएको बताए । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय नमुनाहरुमध्ये एक जनामा संक्रमण पुष्टि भचएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको रामारोशन, अप्तड व्यारेक, नेपाल टेलिकम डोटी, डोटी प्रहरी र बोगटान फुडसिल गाउँपालिका लगायतका ठाउँबाट संकलन गरिएका स्वाबहरु परिक्षण गर्दा अछामको रामारोशन गाउँपालिकाका एकजना पुरुषमा संक्रमण देखिएको हो ।

अन्य ९९ जनाको परिक्षण रिपार्ट नेगेटिभ आएको इन्चार्ज श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६६ पुगेको छ।