सेती अस्पतालमा शुल्क तिरेर कोरोना परिक्षण गर्न पाइने, यस्तो छ शुल्क !

सेती अस्पतालमा शुल्क तिरेर कोरोना परिक्षण गर्न पाइने, यस्तो छ शुल्क !

धनगढी : सेती प्रादेशीक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरिएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिले अब कोरोना परीक्षण गर्दा दुई हजार पाँच सय शुल्क तिर्नुपर्ने छ।