किशोरीले युवा अवस्थामा प्रबेश गर्दा देखीन्छन् यस्ता परिवर्तन ?

किशोरीले युवा अवस्थामा प्रबेश गर्दा देखीन्छन् यस्ता परिवर्तन ?

किशोर अवस्था सकिएसंगै युवा उमेरमा प्रवेश गर्दा महिलाको शरीरमा बिभिन्न परिवर्तन आउने गर्दछन् ।

हर्मोनको परिवर्तनसंगै आउने शरीरको बदलावका कारण कतिपय महिलालाई यो अस्वभाविक लाग्न सक्छ । तर हरेक महिलाको शरीरमा २० वर्षपछिको उमेरमा शरीरमा परिवर्तन आउँने गर्दछ । यो स्वभाविक प्रकृया हो ।
१९ वर्षपछिको महिलाको उमेरलाई युवती भनिन्छ । किशोरीबाट युवती बनेसंगै महिलाको शरीरमा देखिने परिवर्तनहरु यस प्रकार छन् ः

– २० वर्षको उमेरपछि किशोर हुदाँको त्ुलनामा महिलाको शारीरिक वजन बढ्ने गर्दछ ।
– यो उमेरको प्रवेशसंगै महिलाको पेट, छाती लगायतका अंगमा रौं आउन थाल्दछन् ।
– यो उमेरपछि हर्मोनको परिवर्तनले महिलाको महिनावारी सहि समयमा नहुन सक्छ ।
– कतिपय अवस्थामा २० को उमेरपछि हर्मोन परिवर्तनका कारण कपाल रुखो हुने गर्दछ ।
– हर्मोनमा परिवर्तनका कारण यो उमेरपछि महिलाको शरीरमा डन्डिफोर आउने गर्दछ ।
– २० वर्षको उमेरपछि महिलाको छाला किशोर उमेरको तुलनामा रुखो हुने गर्दछ ।
– यो उमेरपछि महिलाको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।
– अधिकाशं युवतीमा यो उमेरपछि स्तनको आकार बढ्ने गर्दछ ।
– कतिपय युवतीमा यो उमेरपछि निप्पल कालो हुने गर्दछ ।