कर्णालीमा बेपत्ता तीनमध्ये एकको शव फेला

कर्णालीमा बेपत्ता तीनमध्ये एकको शव फेला

बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ।

गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुई पुरुषमध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए।

चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।