मिस्टर आरजेको  ‘मुना’ सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा

छोटो समयमै ट्रेण्डीङ नं. ९ मा प्रवेश

Dhangadhi Khabar    

मिस्टर आरजेको  ‘मुना’ सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा

धनगढी, भदौ २० । 
सुदूरपश्चिमका चर्चित र्‍यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को  ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा प्रबेस गरेको छ । गित छोटो समयमै ट्रेण्डीङ नं. ९ मा रहेको छ । 
गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप भरेका छन्। नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ। गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ।
हेरौ राजेन्द्र भट्ट (मिस्टर आरजे)को  ‘मुना’, बोलको गित सारै हेपिन मुलाले दुब्लो हुनाले । भिडीयो....!



शनिबार २०, भदौ २०७७ ०९:५६ मा प्रकाशित

#सुदूरपश्चिम # संगीतकार #मिस्टर आरजे #सारै हेपिन मुलाले दुब्लो हुनाले
Loading...

प्रतिकृया दिनुहोस