किन पाइँदैन नेपालमा भनेजति इन्टरनेट स्पिड, यस्तो छ कारण..?

किन पाइँदैन नेपालमा भनेजति इन्टरनेट स्पिड, यस्तो छ कारण..?

काठमाडौं । 
नेपालमा इन्टरनेटको गति ज्यादै कमजोर छ । ग्राहकसँग सम्झौता गरेको जति इन्टरनेटको गति दिन सेवा प्रदायकहरु असफल छन् । इन्टरनेट चलाउँदा ब्राउजर फनफनी घुमेपछि ग्राहकले सेवा प्रदायकसँग गुनासो त राख्छन्, तर समाधान पाइहाल्दैनन् ।

आफूले भनेजति इन्टरनेटको स्पिड पाउनु ग्राहकको अधिकार हो । तर, यसमा सेवा प्रदायकले पनि धिमा गतिको इन्टरनेट सेवा दिने कम्पनीलाई कारवाही गर्न सकेको छैन ।
त्यसो त यसमा इन्टरनेट सेवा प्रदायक कम्पनीका पनि आफ्नै तर्कहरु छन् । सेवा प्रदायकहरु इन्टरनेटको गति ढिलो (स्पिड स्लो) हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको दावी गर्छन् ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा समेत इन्टरनेट स्लो हुन सक्ने बताए ।

अन्तरक्रियामा सुबिसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर लगायतका कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।