कञ्चनपुरमा चार दिनदेखि हराईरहेका पुरुषको शव फेला

कञ्चनपुरमा चार दिनदेखि हराईरहेका पुरुषको शव फेला

धनगढीः कञ्चनपुरमा चार दिनदेखि हराईरहेका पुरुष मृत अवस्थामा भेटिएका छन्।

 मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ जोनापुरका ५० वर्षीय पुरनबहादुर डगौराको रहेका छन ।  उनको शव शनिबार स्याली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताउनुभयो।

उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।