चितवनका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ को ७० वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मिर्गौलाको समस्याबाट समेत पीडित पुरुषमा श्वासप्रश्वासको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी अस्पाल भर्ना हुनासाथ गरिएको कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो ।