डडेल्धुरामा गरिएको परिक्षणमा सुदूपश्चिमका थप १२ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा सुदूपश्चिमका थप १२ जनामा कोरोना पुष्टि

धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २८१ नमुनाहरुमध्ये १२ जनामा संक्रमण देखिएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले बझाङका १० जना र डडेल्धुराका २ जना गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

उनले बझाङको बुङ्गल नगरपालिकाका १० जना र डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ का दुई जनामा संक्रमण पुष्टि भएको बताए । परिक्षण गरिएका अन्य २६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।