एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर, यस्ता छन् सुविधा !

एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर, यस्ता छन् सुविधा !

एनसेलले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ। 

यो योजनाअन्तर्गत एसईईका विद्यार्थीले १ रूपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डाटाको फाइदा लिन सक्छन्।

१८ भदौदेखि लागू भएको यो अफर पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्ने एनसेल आजियाटा लिमिटेडले जनाएको छ। सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्छन् ।

सिममा आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेल नम्बरहरू निस्शुल्क माइफाइभ समूहमा सेट गर्ने व्यवस्था छ। ती नम्बरहरूमा पहिलो ३० दिनसम्म निःशुल्क र त्यसपछि ती नम्बरहरूमा ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महीनासम्म कुराकानी गर्न सकिनेछ। 

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा १०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डाटा बोनसको रूपमा प्राप्त गर्दछन्। 

यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक १०० बराबरको खर्चमा ग्राहकले बोनस डाटा पाउने विज्ञप्तिमा जनाइएको छ।