आज कुन–कुन प्रदेशमा बर्षा ?

आज कुन–कुन प्रदेशमा बर्षा ?

काठमाडौं।

हाल पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ ।

उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै रातीसम्म देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।