आज १७ औं निजामती सेवा दिवस : यि हुन पुरस्कार पाउने कर्मचारी (नामावली सहित)

आज १७ औं निजामती सेवा दिवस :  यि हुन पुरस्कार पाउने कर्मचारी (नामावली सहित)

धनगढी । आज निजामती सेवा दिवस रहेको छ । नेपालमा वि.स २०६२ साल देखी हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियुक्त कर्मचारीले निजामती दिवस अर्थात आज दिवसका रुपमा मनाउने गर्दछन् ।  

तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बि. स २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । 

यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पुर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्ने अभ्यास रहेको छ ।

आज १७ औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् । १७ औ निजामती सेवा दिवस को "नारा स्वच्छ र सक्षम निजामती प्रशासन :  समृद्धि र सुशासन" रहेको छ ।  


सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो ।

सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ ।
पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ ।

१७ औं निजामती सेवा दिवस २०७७ मा पुरस्कृत हुने कर्मचारीहरुको नामावली :