"कन्ट्रयाक्ट ट्रेसिङ्ग" अन्तरगत धनगढीमा ३ सय ६ जनाको स्वाव संकलन

"कन्ट्रयाक्ट ट्रेसिङ्ग" अन्तरगत धनगढीमा  ३ सय ६ जनाको स्वाव संकलन

धनगढी । धनगढी उप–महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ्ग अन्तरगत आज सम्म समुदाय स्तरमा ३ सय ६ जनाको पिसिआरका लागि स्वाव संकलन गरेको छ।


धनगढीमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको हो। सोही अभियान अन्तरगत ६ वटा स्थानमा क्याम्प संचालन गरिरहेको उपनगरपालिकाले जनाएको छ।


कन्ट्रयाक्ट ट्रेसिङ्ग अन्तरगत स्वाव संकलन गरिएकाहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेका छन् ।

उप–महानगरपालिकाले निरन्तर कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव संकलन र परीक्षण गर्ने तथा यसको दायरा बढाउदै लगिने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्प बहादुर वडले बताए ।

धनगढी उप–महानगरपालिका प्रवक्ता सन्तोष मुडभरीका अनुसार वडा नं २ को टिम्वर कर्पोरेशन नजिक र वडा नं ४ को राष्ट्रिय तुलसीराम मावि, वडा नं ५ को पञ्चोदय मावि, वडा नं ६ को वाशुदेवी मावि, वडा नं ७ को बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा नं १ को कवडहलमा क्याम्प राखेर स्वाव संकलन भइरहेको छ ।

यस अभियानमा कोभिड उप–समितिका संयोजक नारायणप्रसाद बराल र स्वास्थ्यकर्मीको टोली फिल्डमा खटिएको मुडभरीले बताए ।