"तथ्यांक बढ्दैमा अपराध बढेको भन्ने हुदैन,प्रहरी सकृयताको कारण अपराधको तथ्यांक बढ्न सक्छ"-एसपी मरासिनी

"तथ्यांक बढ्दैमा अपराध बढेको भन्ने हुदैन,प्रहरी सकृयताको कारण अपराधको तथ्यांक बढ्न सक्छ"-एसपी मरासिनी

कोरोना भाइरस (कोभिड-१९)को जोखिम दिनानुदिन बढ्दै गईरहेको छ । आज सोमबार बिहान सम्मको तथ्यांकलाई हेर्दा ४६ हजार २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्था छ भने २ सय ८९ जनाको मृत्यु समेत भएको छ ।

शान्तिसुरक्षाका लागि खटिएका प्रहरीहरु कोरोना जोखिमको झनै अग्रपंक्तिमा रहेका छ्न । सुरक्षाकर्मीहरुमा शान्तिसुरक्षाको जिम्मेवारी मात्र नभई कोभिड-१९ को संक्रमणको जोखिम समेत रहेको छ । यस्तो अवस्थामा नेपाल प्रहरीले के कस्ता नितिहरु अपनाएर काम गरिरहेको छ ?

यस सन्दर्भमा हामिले कंचनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनी संग छोटो कुराकानी गरेका छौ ।

कोरोना संक्रमण प्रहरीमा देखिएको छ या छैन, उनिहरुको अवस्था के कस्तो छ ?

यो विश्वव्यापी रुपमा फैलिएको प्रकोपले नेपालीलाई समेत छोडेन । छिमेकी मुलुक भारतबाट फर्किएका लाखौ नागरिकहरुलाई व्यवस्थापन गर्न सबैभन्दा पहिलो ढोका हामी नै हौ । भारतबाट एक लाख ७० हजार भन्दा बढी नागरिकहरुलाई व्यवस्थित रुपमा उनिहरुको सम्बन्धित गन्तव्यस्थल सम्म पुर्याउने काम गर्यौ ।

उनिहरुको स्वास्थ्य चेकजाँच गर्ने सन्दर्भमा र उहाँहरुको रेकर्ड राख्ने सन्दर्भमा प्रत्यक्ष जोडिनुपर्ने अवस्था थियो,त्यो हाम्रो कर्तव्य ठानेर जोडियौ पनि । आज भन्दा दुई महिना पहिले कंचनपुरमा दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँहरुलाई १४ दिनको क्वारेन्टाइन पछि पिसिआर चेकजाँच गर्दा नेगेटिभ देखिएपछी उहाँ दुवै जनालाई कामकाजमा फर्काएका थियौ । हाललाई कुनै पनी प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

महामारीको जोखिममा पनि नागरिकलाई सेवा दिइरहेका प्रहरीको कोरोना रोकथाम र नियन्त्रणका लागि कसरी काम भईरहेको छ ?

हामिले यो महामारीको जटिल समयलाई ध्यानमा राखी सबैभन्दा पहिले आफू सुरक्षीत रहनुपर्ने र अनि मात्रै नागरिकहरुलाई सुरक्षीत व्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यका साथ कोरोना नियन्त्रणका उपायहरु जस्तै सामाजिक दुरि कायम,अनिवार्यरुपमा मास्क, स्यानिटाइजरको प्रयोग लगायत का अन्य कुराहरुमा सबै प्रहरी कर्मचारीलाई सचेत गराएका छौ। हामि संग प्राप्त श्रोत र साधनको प्रयोग गरेका छौ ।

बेलाबेलामा पिसिआर जाँच जस्ता सुरक्षाका रणनीतिहरु अपनाएर हामी सतर्क रुपमा नागरिक हरुको सेवामा खटिएका छौ ।

एकातिर कोरोना रोकथामका लागि खटिनुपर्ने अर्कोतिर शान्तिसुरक्षाको काम पनि हेर्नुपर्ने, यसको व्यवस्थापन कसरी भइरहेको छ ?

हामिले कोरोना रोकथामका लागि छुट्टै टिम बनाएका छौ जुन टिमले कोरोना नियन्त्रण र जनचेतना सम्बन्धी मात्रै काम गरिरहेको छ भने अर्को टिमले शान्ति सुरक्षाका बिषयमा मात्रै काम गरिरहेको छ । यसरी दुईवटा छुट्टै टिम बनाएर काम गर्दा व्यवस्थापनमा पनि सजिलो हुने भएका कारण यो रणनीति अपनाएका छौ ।

सतर्कता अपनाएर एक ठाउँमा काम गरिरहेका प्रहरी कर्मचारीलाई अर्को ठाउमा जान पनि दिएका छैनौ त्यसकारण कोरोना संक्रमणको जोखिम त्यति धेरै छैन ।

यसरी छुट्टाछुट्टै टिम बनाएर काम बाँडफाँड गर्दा थप प्रहरी कर्मचारीको आवस्यकता छ कि छैन ?

अहिले तत्कालको लागि शान्तिसुरक्षा कायम गर्न र कोरोना नियन्त्रणको सन्दर्भमा थप प्रहरी कर्मचारीको आवस्यकता छैन । दिनहुँ हजारौको संख्यामा भारतबाट नेपाल फर्किदा हामिले यत्तिकै प्रहरी कर्मचारीको संख्यामा व्यवस्थापन गर्न सफल भयौ, अहिले त दुई तीन सयको हाराहारीमा मात्रै नेपाल फर्किनेहरुको संख्या रहेको छ त्यसकारण अहिले सहजै व्यवस्थापन भएको छ ।

पछिल्लो समयमा अपराधको तथ्यांकलाई हेर्दा आपराधिक क्रियाकलापको अवस्था के कस्तो छ ?

यो तथ्यांकको आधारमा हामी के भन्न सक्छौ भने, तथ्यांक बढ्दैमा अपराध बढेको भन्ने चाहिँ हुदैन बरु प्रहरीको सकृयताको कारण अपराधको तथ्यांक बढ्न सक्छ । नागरिकहरु सचेत भएर आपराधिक कार्यको विरुद्ध प्रशासनमा आएर कार्बाही हुनुपर्छ भन्ने कुराको विकास भयो भने त्यो तथ्यांक बढ्ने गर्छ । पोहोर सालको भन्दा आपराधिक क्रियाकलाप भएको खासै त देखिदैन ।

जघन्य अपराध गर्नेहरुलाई चाहिँ हामिले अनुसन्धान गरेर कानुनी कठघरामा ल्याईसकेका छौ । संगठित रुपमा कंचनपुरमा आपराधिक गतिविधि भएका छैनन । खुला सिमानाका कारण चोरी तस्करीका कुरा हुन, यी कुराहरुको नियन्त्रण गर्नका लागि हाम्रो अथक प्रयास रहिआएको छ ।

नागरिकहरु संगपनी हाम्रो अपिल छ कि कुनै पनि मान्छे गलत क्रियाकलापहरुमा संलग्न छ भने तपाइँ हरुको साथ पनि हामिलाई आवस्यक छ । त्यस्ता कार्यहरुको सुचना हामिलाई दिनुहोस,हामी जुनसुकै बेलामा पनि उपस्थित हुनेछौ र त्यस खालका आपराधिक गतिविधि रोक्ने छौ ।

अपराध बढ्न सक्ने भनेर सुरक्षाविदहरुले आँकलन गरेका छ्न , यसमा तपाईंहरु कसरी काम गरिरहनु भएको छ ?

हैन, अहिले चाहिँ त्यस्तो खालको लकडाउनको बेलामा अथवा निषेधाज्ञा गरेको समयमा र अहिलेको अवस्थामा त्यस्ता खालका आपराधिक कार्यहरु बढिहाल्ने अवस्था चाहिँ हुदैन । किन हुदैन भने खान लगाउनै नपुग्ने जस्ता समस्या तथा पेटकै लागि ज्यान फाल्नुपर्ने अवस्था यहा हुदैन ।

त्यसकारण आपराधिक गतिविधि हुदैनन । राती समयमै सबै नागरिक आफ्नो गन्तव्य स्थानमा पुग्ने र राती लगाईएको निषेधाज्ञा कडारुपमा कार्यन्वयन भईरहेको कारण कंचनपुरको हकमा चाहिँ कोरोना महामारी बिचको लकडाउन वा निषेधाज्ञामा आपराधिक गतिविधि बढ्ने भन्ने छैन ।

जिल्ला प्रशासनले लागू गरेको निषेध आदेशलाई नागरिकहरुले कतिको पालना गरिरहेका छन ?

मलाई एउटा खुशीको कुरा चाहिँ के लाग्छ भने कंचनपुर बासिले प्रशासनले लगाएको निषेधाज्ञाको राम्रो सङ्ग पालना गरेकै कारण कंचनपुर जिल्ला कोरोना प्रभावबाट त्यति ठूलो जोखिममा भने गइसकेको देखिदैन । र अहिले सम्म समुदाय भित्र कोरोना फैलिएको देखिदैन ।

यो श्रेय कंचनपुर बासीलाई नै जान्छ । अनि अर्को कुरा हामिले पनि राम्रो व्यवस्थापन के गर्यौ भन्दा जो मान्छे विदेशबाट आएका थिए उहाँ हरुलाई कंचनपुर भित्र रहन, घुम्न,हिड्न,डुल्न दिएनौ । कंचनपुरबासि लाई सिधै क्वारेन्टाइनमा पुर्यायौ र कंचनपुर भन्दा बाहिरका नागरिकलाई चाहिँ सम्बन्धित गन्तव्यमा पुर्याउने काम गर्यौ ।

अन्तिममा आम नागरिकलाई यो महामारीको कठिन परिस्थितिमा के कस्तो सन्देश दिन चाहनुहुन्छ ?

विश्व समुदायमा नै यो कोभिड-१९ ले एउटा ठुलो तरंग उत्पन्न गरेको छ । यो महामारी हामी सबैका लागि एक चुनौतीका रुपमा आएको छ । यस कठिन परिस्थितिमा हामि संग भएको एउटा उपाय भनेको सामाजिक दुरि कायम राख्नु हो ।

नियमितरुपमा मास्क, स्यानिटाइजर आफू सङ्ग भएको प्रयोग गर्यौ,अनावश्यक रुपमा भिडभाड नगरी स्वयं अनुशासित भएर, हामिले बेला बेलामा माईकिङ्ग गरि जुन जनचेतना जगाईराखेका छौ र यी कुराहरु हामी सबैले पालना गर्न सक्यौ भने हामी लगायत हाम्रो परिवार,गाउँ समाज बचाउन सक्छौ ।

यो अहिलेको आवस्यकता हो ।त्यसकारण आफू पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने सबै नागरिकमा म अनुरोध गर्न चाहन्छु ।