सौन्दर्य व्यवसायीहरु व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै प्रशासनमा

सौन्दर्य व्यवसायीहरु व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै प्रशासनमा

धनगढी ।  धनगढीका सौन्दर्य व्यवसायीहरुले व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन्। सोमबार राष्ट्रिय सौन्दर्यकर्मी यूनियन धनगढीले उप–महानगरपालिका, जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

लामो बन्दका कारण व्यवसाय नै धरासयी भएको भन्दै यूनियनले सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सुचारु गर्न पाउनुपर्ने, घरभाडा तथा बैंक व्याज मिनाह गरिनुपर्ने, सबै सौन्दर्यकर्मीको निुःशल्क पिसिआर जाँच हुनुपर्ने, उक्त सिप सिक्न अन्य ठाउँमा जानुपर्ने भएकाले त्यसका लागि बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको युनियनकी अध्यक्ष सपना रोकायाले बताइन । 

धनगढी उप–महानगरपालिकाकी उप प्रमुख सुशिला मिश्र भट्ट, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृतलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष रोकायाले जनाएकी छन् ।