पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक खुलाउन प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।