विशुद्ध सृङ्गारिक गजल

विशुद्ध सृङ्गारिक गजल

छुट्टिए उनी त्यसरी नै मन अमिलो  पारेर।
जसरी भेट्टिएका थिए तन सजिलो पारेर।

समय बलवान हुन्छ विश्वास भयो मलाई,
भेट्टिदाको उमङ्ग छुट्टियौ थिल्थिलो पारेर।

जून एकान्त र एक्लो भएपछी पुग्दो रहेछ,
स्मृतिमै पो थियो अङ्गालेको कसिलो पारेर।

उज्यालो भयो ब्युझिए गए सबै ती यादहरू
बिहानीको सुरुवात भयो मन धमिलो पारेर।

सूर्यका जस्तै जोगाइ राखे आशाका किरण,
आउने छ समयले सूर्य जगत चम्किलो पारेर।