सुदूरपश्चिममा वर्षाको सम्भावना, सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह !

सुदूरपश्चिममा वर्षाको सम्भावना, सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह   !

धनगढी । 

सुदूरपश्चिम प्रदेशका केही स्थानमा  ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यी प्रदेशका केही ठाउँहरुमा अहिले पनि पानी परिरहेको छ । आज दिउँसो पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

देशका अरु ठाउँमा भने आज दिउँसो मौसम सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।

ठूलो पानी पर्ने ठाउँमा बग्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडकमा जोखिम हुने भएकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।