टाढा पुगिएछ सम्पत्ति कमाइन्छ भनेर।
भोका पेटलाई भात त खुवाइन्छ भनेर।
परिस्थिति यस्तो छ कसरी खबर गरूँ म
मरिन्छ अथवा फर्केर घर आइन्छ भनेर।
तिम्रो सत्तारोहणमा म पनि हाजिर थिए
अब भन्दिनुस फर्क काम पाइन्छ भनेर।
खुट्टाले बाटोसंग दुस्मनी गर्दै गरेन कहिले
यहीँ बाटोमा सारा जीवन बिताइन्छ भनेर।
मन्दिर नपुगी फर्केको हूँ म साथी किनकी
जानकार थिए ढोकाबाटै फर्काइन्छ भनेर।