सञ्चार गृहमा सांघातिक आक्रमण गर्ने थप एकजना हसुलियाबाट पक्राउ

सञ्चार गृहमा सांघातिक आक्रमण गर्ने थप एकजना हसुलियाबाट पक्राउ

धनगढी।  
दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन्। कैलालीको हसुलियाबाट  आक्रमणमा संलग्न चक्र रावललाई आज बिहान १ बजे पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

समाचारको बिषयलाई लिएर गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेका थिए। सह–सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो।

यसअघि मङ्गलवार धनगढी(५ जाँइका सरोज थापालाई पक्राउ गरिएको थियो। आक्रमणमा संलग्न अन्यको खोजी भईरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।