अनेरास्ववियूका जिल्ला नेतामाथि प्रहरीद्धारा निर्घात कुटपिट, संलग्नलाई कार्वाही गर्न माग

अनेरास्ववियूका जिल्ला नेतामाथि प्रहरीद्धारा निर्घात कुटपिट, संलग्नलाई कार्वाही गर्न माग

कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुनर्वास नगर कमिटीले विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरीले गरेको निर्घात कुुटपिटको छानबिन गरी संलग्नलाई कार्वाही गर्न माग गरेको छ।

इलाका प्रहरी कार्यालयमा नेकपा सम्बद्ध अनेरास्ववियूका जिल्ला सदस्य थापालाई निर्घात कुटपिट गरिएको थियो। नेकपा नगर कमिटीले विज्ञप्ति प्रकाशित गरी छानिबनको माग गरेको हो। प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छुटाउन प्रहरी कार्यालय गएका थापासहित केही व्यक्तिलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरिएको थियो।

प्रहरीको कुटपिटबाट थापाको शरीरभर नीलडाम भएको छ। थापासहित स्थानीय प्रहरी कार्यालभित्र हुँदा बाहिरबाट एकाएक ढुङ्गामुढा प्रहार भएपछि उनीहरुलाई कुटपिट गरिएको बताइएको छ।