युट्युब लगायतका अनलाइन माध्यमको आम्दानी अब बैंक खातामार्फत

युट्युब लगायतका अनलाइन माध्यमको आम्दानी अब बैंक खातामार्फत

 नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था ल्याएको छ ।

बैंकले एक सूचना जारी गर्दै विदेशबाट वैधानिक विधिबाट मुद्रा नेपाल भित्र्याउन विभिन्न अनलाइन भुक्तानीको सेवा गरी सिधै नेपालका बैंकमा रकम बचत गर्न सकिने सुविधा ल्याएको हो ।

यो व्यवस्थाले विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सघाउ पुग्ने विश्वास गरिएको छ । हुण्डी र अन्य अनाधिकृत माध्यमबाट आउने रकमले अहिले ठूलो समस्या सिर्जना गरेको छ ।

बैंकको सूचना अनुसार सूचना प्रविधि सम्बद्ध दक्षतारविज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामाग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिकरव्यापारिक कारोबार बापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउने व्यवस्था भएको छ ।