नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

एजेन्सी। नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको उक्त पुस्तक पाठ्यक्रममा समावेश गरिएको विषयबारे टाइम्स अफ इन्डियाले खबर छापेको छ ।

पुस्तकको नाम नेपालको भुभाग र सीमासम्बन्धी स्वाध्या सामाग्री नामको पुस्तक उच्च माध्यमिक तहमा पठनपाठन गराइनेछ । उक्त पुस्तकमा नेपालको कुल क्षेत्रफल १,४७, ६४१.२८ वर्गकिलोमिटर रहेको उल्लेख छ । जसमध्ये ४६० वर्गकिलोमिटर कालापानी क्षेत्र हो ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्शा राख्न निर्देशन दिएको विषय पनि उल्लेख गरेको छ । नयाँ सिक्का दशैंमा सार्वजनिक हुने भनिएको छ ।