फोनमा हेलो बोल्ने सुरुवाती कसरी भएको थियो ?

फोनमा हेलो बोल्ने सुरुवाती कसरी भएको थियो ?

सानैदेखि हामीले देख्दै र सुन्दै आएका छौ कि फोन उठाउने समयमा हेलो बोलेको । हेलो भनेपछि मात्रै अन्य कुराकानी सुरु हुन्छ ।

तर, तपाईलाई थाहाँ छ फोन उठाउदाको समयमा हेलो किन बोलिन्छ रु त्यसो त यो प्रश्नको जवाफ कयौ मनगढन्ते कथामा छ, जसको कुनै प्रमाणिक सत्य छैन । तर, आज हामी तपाईलाई हेलो शब्दको उत्पत्तिको बारेमा बताउन गइरहेका छौ ।

अलेक्जेन्डर ग्राहम बेलले टेलिफोनको आविष्कार गरेका थिए । उनले १८७६ मार्च १० मा टेलिफोनको आविष्कारको पेटेन्ट लिएका थिए । आविष्कार गरेपछि बेलले सबैभन्दा पहिले आफ्ना साथी वाट्सनका लागि सन्देश संप्रेषित गरेका थिए । उनले आफ्ना साथीलाई श्रीमान वाट्स यहाँ आऊ, मलाई तिम्रो आवश्यकता छ भनेका थिए । उक्त समयमा उनले फोनमा हेलो नभनि एहोइ भनेका थिए ।

जब टेलिफोनको प्रयोग सुरु भयो मानिसले ‘आर यु दिएर’ भनेर सोध्थे । आफ्नो आवाज अर्को मानिससम्म पुगे वा नपुगेको बुभ्mनका लागि यसो भनिन्थ्यो । तर, एक पटक थोमस एल्भा एडिसनले एहोइलाई गलत सुने र १८७७ मा उनले हेलो बोल्ने प्रस्ताव गरे ।

यो प्रस्ताव पारित गर्नका लाथि थोमस एडिसनले पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एन्ड प्रिन्टिङ टेलिग्राफका अध्यक्ष टीबीए स्मिथलाई पत्र लेखेर भने,“टेलिफोनमा पहिलो शब्द हेलो बोल्नु पर्छ ।” जब उनले पहिलो पटक फोन गरे, हेलोनै बोले ।

थोमस एडिसनको देनको रुपमा मानिस आज पनि फोन उठाउदाको समयमा पहिले हेलोनै बोल्छन् । अक्सफोर्ड इंगलिस डिक्सनेरीका अनुसार हेलो शब्द पुरानो जर्मन शब्द हालाबाट बनेको हो । यो शब्द पुरानो फ्रान्सेली वा जर्मन शब्द ‘होला’ बाट आएको हो । ‘होला’ को अर्थ हुन्छ कस्तो छ ? । तर यो शब्द समयसँगै फेरियो र हेलो भयो ।