सुदूूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना

सुदूूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना

 मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।