जिन्दगीमा मौका केवल अलिअलि पाइन्छ

जिन्दगीमा मौका केवल अलिअलि पाइन्छ

जिन्दगीमा मौका केवल अलिअलि पाइन्छ।
बन्नु छ झुसिल्किरा कहाँ बन्न पुतली पाइन्छ।

भुइँ तलामा नि बस्ने आदत बनाउनुहोस मित्र
सधैं त कहाँ पो हजुरलाई नि बार्दली पाइन्छ।

हिडन सिकाउनेहरू कम भेट्टिन्छ यो सहर हो 
खुट्टा तान्ने,ढुङ्गा हान्ने भीड गली-गली पाइन्छ।

मैले काँडा देखेपछि रहरले गुलाफ रोजेको हुँ
बिना काँडाको फूल चमेली मखमली पाइन्छ।

रहर पनि आ-आफ्नै हुने रहेछ सायद तसर्थ 
बत्तीलाई पनि त आनन्द जली-जली पाइन्छ।