तिम्रै लागि भनेर गएको छोरा फर्केर आएन

तिम्रै लागि भनेर गएको छोरा फर्केर आएन

तिम्रै लागि भनेर गएको छोरा फर्केर आएन।
त्यो दिन देखि उज्यालोमा अनुहार देखाएन।

मैले छोरा गुमाएर संविधान आयो भन्दै थिए
एक थान बुढा-बुढी सबै गुमाएर केही पाएन।

चर्का नारा क्रान्तिका कुरा सब कोरा गफ भए
जनता लडे नेताले त कहिल्यै बन्दुक समाएन।

त्यहीँ युद्धमा गोली लागेर त अयोग्य भएको हुँ
तर मेरै बलिदानीले बनेको फौजमा म सुहाएन।

म सडकमा झरेर पो ऊ दरवार उक्लिएको हो
खाएको मात्रै खबर सुनिन्छ अघायो अघाएन।

तिम्रो विजयको अबिर त्यहीँ बचेको सिन्दुर हो
प्रिय युद्धमा गएपछि प्रियसीले सायद लगाएन।