यहाँ पनि पुग्ने थिएन सायद कमजोर भएको भए

यहाँ पनि पुग्ने थिएन सायद कमजोर भएको भए

यहाँ पनि पुग्ने थिएन सायद कमजोर भएको भए।
यति गर्वले शीर ठड्याउने थिएन चोर भएको भए।

इमानले बाँच्न मुस्किल छ थाहा छ बेइमानी गर्दिन
मैले पनि गाडी चढ्थे सायद घुस खोर भएको भए।

थाकेको हूंँला जरूर तर हारेको नसम्झिनू महासय,
सायद अघ्याँरो हुन्नथ्यो जीवनमा भोर भएको भए।

बदमास छौ तर पनि यहीँ सोचेर तिम्रो साथ छोडिन 
घर जलाउने होइन सफा गर्ने हो फोहोर भएको भए।

गुणस्तर भन्दा रङ्गको उचित भाउ छ मेरो बजारमा 
म नि ठुलै मान्छे बन्थे होला चर्को सोर भएको भए।