दार्चुलाका उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

दार्चुलाका उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

दार्चुला : दार्चुला जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । बुधबार रातिदेखि पानी परेसँगै हिमपात समेत सुरु भएको हो । जिल्लाको उत्तरी क्षेत्र व्यास गाउँपालिकाको राप्ला , तिंकर, छाङ्रु तथा अपिहिमाल गाँउपालिकाको घुषा, खण्डेश्वरी साथै अन्य हिमाली क्षेत्रमा हिमपात भएको छ । पानी संगै परेको हिमपातले सो क्षेत्रका मानिसहरुको जनजीवन कष्टकर भएको छ ।

तर लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका यहाँका किसानलाई वर्षाले धेरै राहत पुर्‍याएको छ । वर्षा र हिमपातसँगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउँहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । जाडोबाट बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भएका छन् ।