नवजीवनको साधारणसभा सम्पन्न, एटिएम सेवा सुरु

नवजीवनको साधारणसभा सम्पन्न, एटिएम सेवा सुरु

धनगढी : मुलुककै जेठो सहकारी संस्था नवजीवन सहकारीको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका सम्पुर्ण शेयर सदस्यहरुको सहभागितामा बार्षिक साधारणसभा सम्पन्न भएको हो । 

संस्थाको स्थापना दिवशको एक दिन अगाडी बिभिन्न कार्यक्रम गरी साधारणसभा मनाएको हो ।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधीसभा सांसद नारदमुनी रानाले साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

सांसद रानाले सरकार ऐन, कानुन निर्माणको क्रममा रहेकाले सहकारीमैत्री कानुन निर्माण हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । 

देशलाई आर्थिक सम्बृद्धी बनाउनमा सहकारी संस्थाको महत्वपुर्ण योगदान रहने बताउँदै उहाले सहकारीको क्षेत्राधिकारका बिषयमा सरकारले व्यापक छलफल चलाएको स्पस्ट पार्नुभयो ।

सहकारीका माध्यमबाट गरिब जनताको समेत जिवनस्थर सुधार हुने गरी काम गर्नुपर्ने उहाको भनाई छ ।

प्रदेशसभा सदस्य डिल्लीराज पन्तले बैकंले गर्ने काम मात्रै नगरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमापनि लगानी गर्न सहकारीलाई सुझाव दिनुभयो । 

धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले सहकारीका माध्यमबाट जनताले धेरै लाभ लिन सकेको बताउनुभयो । 

२५ औँ साधारणसभाको अवशर पारी नवजीवन सहकारी संस्थाले मुख्य कार्यालय धनगढीमा ए टि एम सेवा समेत शुरु गरेको छ । साथै यस अवशरमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुका साथै, शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये उत्कृष्टलाई छात्रबृती समेत वितरण गरेको छ ।