धनगढी । कोरोना महामारीका बिच कैलालीको मालपोत कार्यालयमा सेवागा्रहीको भिड लागेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिन सेवा बन्द गरिएको भूमीसुधार तथा मालपोत कार्यालय खुलेसँगै सेवाग्राहीको भीडभाड लागेको छ।
कोरोना संक्रमणको जोखिम मोलेरै नागरिकहरु सामाजिक दुरी समेत कायम नगरी पालो कुरेर बसेका छन । यस्तै मालपोत कार्यालयले पनि स्वास्थ्य सम्बन्धि मापदन्डको पालना नगरेको देखिएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिए पनि मालपोत कार्यालयले अझै पनि सर्तकता अपनाएको देखिदैन ।
तस्वीर : उत्तम शाही