यस्तो बन्यो नेकपाको प्रदेश ७ को कार्यदल

यस्तो बन्यो नेकपाको प्रदेश ७ को कार्यदल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश ७ को कार्यदल गठन भएको छ। पार्टीको पहिलो केन्द्रयीय कमिटिको बैठकबाट प्रदेशस्तरमा पार्टी एकीकरण र सांगठनिक संरचना निर्धारण गर्नको लागि उक्त कार्यदल गठन भएको हो।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ७ को कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी रहेका छन्।

यो कार्यदललाई प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूका नामावली सहितको प्रस्ताव तयार गर्न, प्रदेश तथा जिल्ला संगठन कमिटीका सचिवालय गठन गर्नका लागि (कमिटीका कुल सदस्य संख्याका बढीमा एक तिहाई) नामावली सहितको प्रस्तास्ताव तयार गर्ने, प्रदेश संगठन कमिटी सम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटिका सदस्यहरुको नाम समावेश नगर्ने जस्ता छ वटा कार्यदेश दिइएको छ।

उक्त कार्यदेश आपस सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्ने र केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। 

प्रदेश ७ को कार्यदल यस्तो बनेको छ:
भीम रावल
लेखराज भट्ट
कर्ण थापा
लक्ष्मीदत्त जोशी

यस्तै नेकपाको अन्य प्रदेशको कार्यदल यस्तो छ:

प्रदेश १ को कार्यदल
भीम आचार्य
राम कार्की
शेरधन राई
सावित्रीकुमार काफ्ले

प्रदेश २ को कार्यदल
सत्यनारायण मण्डल
विश्वनाथ साह
नागेन्द्र चौधरी
प्रभु साह

प्रदेश ३ को कार्यदल
अष्टलक्ष्मी शाक्य
हितमान शाक्य
काशीनाथ अधिकारी
नारायण दाहाल

प्रदेश ४ को कार्यदल
किरण गुरुङ
हितराज पाण्डे
जगत विश्वकर्मा
हरि अधिकारी

प्रदेश ५ को कार्यदल
शंकर पोखरेल,
मणि थापा,
दलबहादुर राना र
गणेशमान पुन

प्रदेश ६ को कार्यदल
युवराज ज्ञवाली
जनार्दन शर्मा
यमलाल कँडेल
मायाप्रसाद शर्मा

यसअघि नेकपाको कार्यदल गठन भएको हुनुपर्नेमा अन्यथा भएकोमा समाचार सञ्चाइएको छ। स.