दार्चुलामा ४१ किलो सतुवा सहित बाबु छोरा प्रकाउ

दार्चुलामा ४१ किलो सतुवा सहित बाबु छोरा प्रकाउ

दार्चुला:जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४१ किलो सुतुवा सहित बाबु छोरालाई पक्राउ गरेको छ ।

जिल्लाको महाकाली नगरपालिका-१ अन्तरर्गत पर्ने लास्कु खोलाको पारीपट्टीबाट प्रहरीले मंगलबार राती १२ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए। 

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का वर्ष ५७ का टोपजङग गिरी र उनका २० वर्षीय छोरा उत्सव गिरी रहेका छन् । उनीहरुलाई अपि नाम्पा संरक्षण क्षेत्रबाट प्रकाउ गरिएकोले दुबै जनालाई थप अनुसन्धान लागि अपि नाम्पा संरक्षण क्षेत्रको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।