सर्वसम्मतिमा धनगढी जेसिजको नयाँ कार्य समिती चयन

सर्वसम्मतिमा धनगढी जेसिजको नयाँ कार्य समिती चयन

धनगढी : धनगढी जेसिजको वर्ष २०१९ का लागि सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ । 

जेसिजको ३६ औं साधारण सभाबाट नरेन्द्र अवस्थीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्य समिती चयन गरिएको हो । 

कार्य समितीको कार्यकारणी उपाध्यक्षमा कलेन्द्र शाही र लोकेन्द्र पनेरु, उपाध्यक्षमा हरि जोशी, महेश्वर ओझा, शुभ ठाकुर, गिरी राज भण्डारी चयन भएका छन । 

त्यस्तै, महासचिवमा सत्यराज जोशी र कोषाध्यक्षमा जनार्दन बम चयन भएका छन ।