कर्मचारी समायोजन अध्यादेशले विरुद्धमा आन्दोलन गर्दै स्थानीय तहका कर्मचारी

कर्मचारी समायोजन अध्यादेशले विरुद्धमा आन्दोलन गर्दै स्थानीय तहका कर्मचारी

धनगढी  : कर्मचारी समायोजन अध्यादेशले आफुहरुको बिषयमा केही पनि नबोलेको भन्दै तत्कालीन स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले सरकार बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । 

स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले आफ्ना मागहरु पुरा नगरेको भन्दै देशै भरी आन्दोलनमा जाने निर्णय गरेको बताएको छ । 

आन्दोलन परिचालन समितिले आईतवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आन्दोलका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

नेपाल सरकारबाट  मसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ मा सबै सेवाका कर्मचारीलाई समान ब्यवहार गर्नपर्नेमा नगरेकोले आन्दोलन गर्नुपरेको धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीले बताउनुभयो । 

संयुक्त आन्दोलन परिचालन समितिका संयोजक समेत रहुनुभएका कार्कीले सरकारले  आफ्ना  मागहरु पुरा नगरे  कडा आन्दोलमा उत्रिने चेतावनी समेत दिनुभयो ।

समितिले अघि सारेको पुर्नसंरचनापछिको गाउँपालिका र नगरपालिकामा आफूहरुको सम्मानजनक समायोजनको माग सम्बोधन नभएसम्म देशैभरी आन्दोलन जारी राख्ने जनाएको छ । कर्मचारी संगठन आन्दोलने देशभरका स्थानीय आन्दोलन गर्ने जनाएको छ ।  

मुलुकभरिका कर्मचारीले गाउँपालिका, नगरपालिका जिल्ला समन्वय समितिमा हातमा कालो पट्टी बाधी धर्ना दिईने जनाएका छन । ट्रेड युनियनले पौष ११ गतेसम्म बिभिन्न किसिमका आन्दोलन गर्ने भएको छ । 

स्थानीय निकायका श्रेणी बिहिन कर्मचारीहरुको स्तरवृद्धि साथै तहको बढुवा लगायतका मागहरु लिएर आन्दोलमा उत्रेको उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत लेखनाथ ओझाले बताउनुभयो ।