पेस्तोलसहित एकजना पक्राउ

पेस्तोलसहित एकजना पक्राउ

बझाङ : थलरा गाउँपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । थलारा गाउँपालिका वडा नम्बर ६ पिखेत नुवाघरका प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् ।

केही समयअघि भारतबाट आउँदा पेस्तोल ल्याएको भन्ने हल्ला पाएपछि प्रहरीले आइतबार मिजारको घरमा छापा मारेको थियो । छापा मार्दा उनको घरमा पेस्तोल भेटिएको प्रहरी नायव उपरीक्षकब प्रविण धितालले बताउनुभयो ।

घरबाट पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । इलाका प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थाल कटुवा पेस्तोल फेला परेको हो ।