अपांगता भएका बालबालिकाका अभिभावक बने शिक्षा प्रमुख अवस्थी

अपांगता भएका बालबालिकाका अभिभावक बने शिक्षा प्रमुख अवस्थी

बैतडी : शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाण्डौका एकै परिवारका ३ जना अपांगता भएका बालबालिकालाई आर्थिक सहयोग गरेका छन्।

अवस्थीले आइतवार उनीहरूको घरमै पुगेर १० हजार नगद रकम हस्तान्तरण गरका हुन्।  इकाइ प्रमुख अवस्थीले बालबालिकाको पढाईको लागी आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त्त गरे।

अपांगता भएकै कारण बिचमै पढाई छोड्न बाध्य भएका उनीहरूको शिक्षालाई अगाडि बढाउनको लागी अन्य सरोकारवालालाई पनि सहयोगको लागी आग्रह गर्ने अवस्थीले बताए।

अपांगता भएका बालबालिकाको राम्रो शिक्षा र स्वास्थ्यको लागी आफूले सक्दो पहल गर्ने समेत उनले बताए।