पुनर्वासमा खाद्य सुरक्षा तथा पोषण योजन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

पुनर्वासमा खाद्य सुरक्षा तथा पोषण योजन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

जुद्ध चौधरी,पुनर्वास :  बाँच्न पाउने अधिकारको आधार, खाद्य अधिकार भन्ने नाराका साथ कञ्चनपुरको पुनर्वासमा खाद्य सुरक्षा तथा पोषण योजना सम्बन्धी छलफल कार्यक्रम आज सम्पन्न भएको छ।

पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम पुनर्वास नगरपालिकाको आयोजना तथा फियान नेपालको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक  अशोक सिँहले स्थानिय स्तरमा जोखिममा रहेका खाद्य सुरक्षा र कुपोषणमा परेका जातजाती, समुदायको पहिचान गर्ने खाद्य सुरक्षाको अवस्थाको विश्लेषण गर्ने , स्थानिय स्तरमा नगरपालिकाको सहकार्यमा खाद्य पोषण सम्बन्धी योजना बनाएर नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपाल भन्ने अभियानलाई सार्थकता दिनु यो कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताउनुभयो।

त्यसै गरि कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख जीवन राज थापाले पोषण योग्य खाना खाएर मात्र स्वस्थ जीवन जीउन सकिन्छ भन्ने बताउनुभयो।

किसानले लगाएका खाद्यान्न बाली भारतीय जँगलबाट जँगली जनावर आएर सखाप पार्ने भएकाले यहाँका किसान त्रासमा रहेको बताउनु भयो। यसरी हुने हानी नोक्सानी नियन्त्रण गर्न त्यस्ता ठाउँहरूमा नगरपालिकाले विद्युतिय तारवार गरि किसानहरूको बालीको सुरक्षा गर्ने बताउनु भयो।

पुनर्वास नगरपालिका तराई जिल्ला भएकाले यहाँ उर्बर जमिन छ। यहाँ उब्जाउ जमिन हुँदाहुँदै पनि जँगली जनावरको त्रासमा किसानहरू रहेका छा। खुला सिमानाका कारण खाद्य पदार्थमा विभिन्न मिसावट तथा गुणस्तरहिन पदार्थ सेवन गरिरहेको पाईन्छ।

अब यस्ता समस्यालाई स्थानिय निकायले खाद्य सुरक्षाको योजना बनाएर काम गर्न जरूरी छ।