एक घर पाँच फलफुल बिरुवा बितरण कार्यक्रम अलपत्र

एक घर पाँच फलफुल बिरुवा बितरण कार्यक्रम अलपत्र

धनगढी : प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्न सकिरहेको छैन् । हरेक योजना कार्यान्वयनलाई कर्मचारी अभावसित जोड्ने गरिएको छ ।

बजेट कार्यान्वयन शुरु भएको पाँचा महिना पुरा भएको छ । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक बर्ष तर्फ विकास बजेट जम्मा २५ हजार खर्च गरेको छ ।

यस मन्त्रालयले योजनाहरु कार्यान्वयन तर्फ ध्यानै दिन सकेको छैन् । चालू आर्थिक बर्षको पहिलो महिनामै कार्यान्वयन गर्न सकिने फलपूmलका बिरुवा बितरण गर्ने बार्यक्रम हालसम्म शुरु हुन सकेको छैन् ।

सुदुर पश्चिम प्रदेश सरकारले २०७५÷०७६ को बजेट बक्तव्यमा एक घर पाँच फलफुल बिरुवा बितरण गर्ने कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रमका लागि एक करोड बजेट बिनियोजन गरिएको छ ।

मन्त्रालयले स्थानीय तह मार्फत बितरण गर्न सकिने यस कार्यक्रमका लागि समेत कर्मचारी अभावले गर्न नसकिएको जनाएको छ । हरेक स्थानीय तहमा वडा स्तर सम्म कर्मचारीको संयन्त्र छ ।

कार्यान्वयनका अनेक उपाय हुँदाहुँदै पनि पन्छिने प्रवृतिले गर्दा किसानहरुले सरकारी योजनाबाट लाभ लिन सकेका छैनन् ।

यस प्रदेशका २७ हजार घर परिवार लाई निःशुल्क रुपमा बिभिन्न जातका फलफूलका बिरुवा बितरण गर्ने लक्ष्य लिएको भएपनि  यो कार्यक्रम आर्थिक बर्षको तेस्रो चौमासिक अर्थात अन्त्यतिर मात्रै कार्यान्वयन गर्ने योजना रहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले बताए ।

उनले यस अघि जिल्ला कृषि विकास कार्यालयको रुपमा रहेका कार्यालयहरु कृषि ज्ञान केन्द्रमा परिणत भएको र तिनै कार्यालय मार्फत निशुल्क रुपमा दिइने फलफूलका बिरुवा बितरण गरिने जानकारी दिए । जोशीले यसका सबै जिल्लामा रहेका कृषि ज्ञान केन्द्रलाई अख्तियारी दिइसकेको बताए ।