एक दशकपछि फेरी बझाङमा जहाज पुग्यो, हेर्नेको घुइजो (फोटो फिचर)

एक दशकपछि फेरी बझाङमा जहाज पुग्यो, हेर्नेको घुइजो (फोटो फिचर)

बझाङ । एक दशक देखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलमा नियमित जहाज उडानका लागी शनिवार परिक्षण उडान गरेको छ । समिट एयरको नाइन एन एएमजी जहाजले परीक्षण उडान गरेको हो ।

वि.सं. २०३२ सालमा सञ्चालन भएको विमानस्थल एक दशक अघि देखी बन्द अवस्थामा छ । परिक्षण उडानका क्रममा बझाङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले देवल विमानस्थल बाट नियमित उडानका लागी पहल गरिने बताए ।