कर्मचारी आन्दोलनमा उत्रेपछि सेवाग्राही मर्कामा

कर्मचारी आन्दोलनमा उत्रेपछि सेवाग्राही मर्कामा

धनगढी  : कर्मचारी समायोजन अध्यादेशले आफुहरुको बिषयमा केही पनि नबोलेको भन्दै तत्कालीन स्थानीय निकायमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सेवाग्राही मार्कामा परेका छन ।

सोमवार विभिन्न कामका लागि स्थानीय तहमा पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनमा कारण फर्किन बाध्य भएका थिए । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

तत्कालिन स्थानिय निकायमा रहेका अस्थाई, करार र निजी कर्मचारिहरुको आन्दोलनले सेवाग्राही मार्कामा परेका छन । सोमवार विभिन्न कामका लागि स्थानीय तहमा पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनमा कारण फर्किन बाध्य भएका थिए । 

धनगढी उपमहानगरपालिकाका सबै कर्मचारिहरु पनि आन्दोलित भएपनि सेवाग्राही मारमा परेको अपाङगता परिचयपत्र बनाउन उपनगरपालीका पुग्नुभएका धन बहादुर रोेका मगरले बताए । थोरै समयमा हुने कामको लागी पनि उपमहानगरपालिका पुगेका सेवाग्राहीलाई काम नहुने भन्दै कर्मचारीले फर्काईदिएका थिए । सेवाग्राहीहरुलाई फर्काईदिदा समयको बर्बाद हुनुका साथै काम नहुदा थप समस्या परेको बताउहुन्छ सेवाग्राही राई सिहँ ठगुन्ना र सिबराज भन्डारीले गुनासो गरे । 

नेपाल सरकारबाट मसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ मा सबै सेवाका कर्मचारीलाई समान ब्यवहार गर्नुपर्नेमा नगरेकोले आन्दोलन गर्नुपरेको स्थानीय तहका कर्मचारीे बताएका छन । 

हाल सेवा ठप्प गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीले सरकारले  आफ्ना मागहरु पुरा नगरे  कडा आन्दोलमा उत्रने संयुक्त आन्दोलन परिचालन समिति सुदूरपश्चिम प्रदेशका संयोजक समेत रहनुभएका धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीले चेतावनी समेत दिए ।

पुर्नसंरचनापछिको गाउँपालिका र नगरपालिकामा आफूहरुको सम्मानजनक समायोजनको माग सम्बोधन नभएसम्म उनीहरुले देशैभरी आन्दोलन जारी राख्ने बताएका छन । उक्त कार्यक्रम पौष ११ गतेसम्म जारी रहने र माग पुरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाईने बताईएको छ ।