पुस २७ गते देखि अत्तरियामा प्रादेशिक महोत्सव हुने

पुस २७ गते देखि अत्तरियामा प्रादेशिक महोत्सव हुने

धनगढी : पुस महिनाको २७ गते देखि अत्तरियामा प्रादेशिक महोत्सव हुने भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवको स्थल पर्यटकीय क्षेत्र लामीताल रहेको छ ।

१ सय ५० स्टल रहने सो महोत्सवमा लामीतालमा डुंगाबाट घुम्नसक्ने ब्यवस्था समेत मिलाइने आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ । माघ ६ गते सम्म सञ्चालन हुने महोत्सवमा बिभिन्न राष्ट्रिय, तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने संघका निबर्तमान अध्यक्ष बसन्त रोकायाले बताए ।

अत्तरियामा राजधानी घोषणा भएपछिको पहिलो महोत्सव भएकोले यसले प्रादेशिक महोत्सवको रुपमा सबै क्षेत्रलाई समेट्ने अत्तरिया उद्योग बाािणज्य संघका अध्यक्ष चक्रराज देवकोटाले भनाई छ ।