तिन दिनदेखि विद्युत् सेवा अवरुद्ध

तिन दिनदेखि विद्युत् सेवा अवरुद्ध

कञ्चनपुर : विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा कञ्चनपुरमा तिन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

कञ्चनपुर बेदकोट नगरपालिका–७ लालपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनमा कार्यरत सुरक्षागार्ड भीमदत्त नगरपालिक –१९ बागफाँटाका चन्द्रदेव भट्टको आइतबार बिहान ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भएको थियो ।

घटनाको यथार्थ छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले सब–स्टेशनमा तोडफोड गरेका छन् । अवरोधका कारण शव ट्रान्सफर्मरमै अड्केकोे छ ।

सोही कारण कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन हुन सकेका छैनन् । यस्तै कञ्चनपुरको जनजिवन कष्टमय बन्दै गएको छ ।

तिन दिन सम्म विद्युत नआउदा विद्यार्थीहरु  सबैभन्दा बढी मारमा परेका छन । पीडित पक्षले मृतकका परिवारलाई रोजगारी र क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि सारेका छन् ।